मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

कतारबाट अवैध सुन ल्याएको आरोपमा ३ जना पक्राउ

कतारबाट अवैध सुन ल्याएको आरोपमा ३ जना पक्राउ

शुक्रबार, असार ८ २०८१
  • images
    कतारबाट अवैध सुन ल्याएको आरोपमा ३ जना पक्राउ
    images

    काठमाडौं । कतारबाट अवैध रुपमा सुन ल्याएको आरोपमा ३ जना पक्राउ परेका छन् । बाँकेको खजुरा गाउँपालिका–८ का २४ वर्षीय मोहमद दिलसाद खाँ, नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१३ का ४३ वर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिका–७ का २५ वर्षीय अन्जिल गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको हो । कतारबाट आएको हिमालय एयरको जहाजमार्फत उनीहरुले भन्सार छलेर ८१ ग्रामभन्दा बढी सुन ल्याएको आरोप  छ ।

    images
    images

    कतारबाट-६ असारमा आएका खाँलाई सिनामंगलबाट नियन्त्रणमा लिएर खानतलासी गर्दा सुन भेटिएको थियो । जिन्स पाइन्टको कम्मरमा सेतो टिस्यु पेपरले फोल्ड गरेर उनले कतारदेखि सुन ल्याएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

    खाँले ल्याएको सुन रिसिभ गर्न आएको अवस्थामा परियार र गुरुङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुले हातमा लगाउने चेन र औठीको आकारमा भन्सार छलेर सुन ल्याएको आरोप लागेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार