मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

विराटनगरमा खानपिनका क्रममा विवादपछि  पाहुनाको हत्या

विराटनगरमा खानपिनका क्रममा विवादपछि  पाहुनाको हत्या

बिहीबार , असार ७ २०८१
  • images
    विराटनगरमा खानपिनका क्रममा विवादपछि  पाहुनाको हत्या
    images

    विराटनगर । सुनसरीको दुहवी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्यामा आरोपमा प्रहरीले एक युवक पक्राउ परेका छन् ।

    बुधबार अक्लेशलाई चक्कु प्रहार गरी फरार भएका विराटनगर–४ का २४ वर्षीय गणेश यादवलाई पक्राउ गरेको हो । मोरङ प्रहरीका अनुसार सुनसरीको दुहवी नगरपालिका–१२ का २३ वर्षीय यादव हत्या आरोपीको छिमेकमा पाहुना आएका थिए । बेलुका खानपिनका क्रममा विवाद भएपछि गणेशले चक्कु प्रहार  गरेका थिए ।

    images
    images
    Murder-case.jpg
    पक्राउ परेका विराटनगर–४ का २४ वर्षीय गणेश यादव

    सामान्य विवाद र भनाभनको विषयलाई लिएर गणेशले बुधबार राति १० बजेतिर अक्लेशमाथि चक्कु प्रहार गरेको प्रहरीले बताए ।  दुई जनाबीच विवाद भएपछि मोटरसाइकल चढेर आफ्नो घरतर्फ जान खोज्दै गर्दा अक्लेशमाथि चक्कु प्रहार भएको थियो ।


    चक्कु प्रहारबाट बायाँ कोखामा गहिरो चोट लागेर अवस्था गम्भीर बनेका उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा बिहीबार मृत्यु भएको थियो । प्रहरीका अनुसार घटनापछि फरार भएका गणेशलाई भारततिर भाग्न खोज्दै गर्दा  प्रहरीले लौकहीबाट बिहीबार दिउँसो पक्राउ गरेको हो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार