मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

दाङ तुलसीपुरमा एक महिला घरभित्रै मृत फेला

दाङ तुलसीपुरमा एक महिला घरभित्रै मृत फेला

बुधबार, असार ६ २०८१
  • images
    दाङ तुलसीपुरमा एक महिला घरभित्रै मृत फेला
    images

    दाङको तुलसीपुरमा एक महिला घरभित्रै मृत फेला परेकी छन्।

    तुलसीपुर उपमहानगरपालिका–७ ग्वारखोलाकी ५८ वर्षीया ठगी खनाल बुधबार बिहान आफ्नै घरभित्र मृत फेला परेकी हुन्।

    images
    images

    खनाल एक्लै बस्दै आएकी थिइन्। छोराहरू छुट्टिएर बसिसकेका थिए।  केही समय पहिले उनका श्रीमानको पनि मृत्यु भएको हुँदा उनी घरमा एक्लै बस्दै आएकी थिइन्। 

    बिहान अबेरसम्म पनि  खनालले ढोका नखुलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुगेर ढोका खोली  हेर्दा खनाल कोठाभित्र मृत फेला परेकी थिइन्। 

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले  घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार