मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

निगम र ट्यांकर मजदुरबीच सहमति, पेट्रोलियम पदार्थ आपूर्ति गर्ने

निगम र ट्यांकर मजदुरबीच सहमति, पेट्रोलियम पदार्थ आपूर्ति गर्ने

सोमबार, असार ४ २०८१
  • images
    निगम र ट्यांकर मजदुरबीच सहमति,  पेट्रोलियम पदार्थ आपूर्ति गर्ने
    images

    काठमाडौं । आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायी र सरकारबीचको छलफलमा सहमति जुटेको छ। नेपाल आयल नियमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरी १५ दिनभित्र मजदुरका माग सम्बोधन गर्ने र आजैदेखि पेट्रोलियम पदार्थको ढुवानी सुचारु गर्ने सहमति भएको हो।

    सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा यस्तो सहमति जुटेको हो । यससँगै थानकोट डिपोबाट अब निजी पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको आपूर्ति हुनेछ । पेट्रोलियम पदार्थ आपूर्ति नहुँदा आइतबारदेखि नै काठमाडौंका निजी पेट्रोल पम्पले पेट्रोल वितरण बन्द गरेका थिए ।

    images
    images

    हेर्नुहोस् के-के विषयमा भयो सहमति ?

    tanker-dhuwani-sahamati.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार