मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

इनार सफा गर्ने क्रममा सुर्खेतमा  दुई  जनाको मृत्यु

इनार सफा गर्ने क्रममा सुर्खेतमा  दुई  जनाको मृत्यु

सोमबार, असार ४ २०८१
  • images
    इनार सफा गर्ने क्रममा सुर्खेतमा  दुई  जनाको मृत्यु
    images

    सुर्खेत । इनार सफा गर्नेक्रममा दुई जनाको मृत्यु भएको छ।

    वीरेन्द्रनगर नगरपालिका-११ पिपिरामा तोरण विकको घर आँगनमा इनार सफा गर्नेक्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी वीरेन्द्रविर विश्वकर्माले जानकारी दिए।

    images
    images

    सोमबार अपराह्न ४:२४ बजे इनार खन्नेक्रममा निस्सासिएर दुई जना बेहोस भएका थिए। 

    ३२ वर्षीय विदुप्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मी कँडेल बेहोस भएपछि कर्णाली प्रदेश अस्पताल लगिएको थियो।

    तर अस्पताल पुर्‍याउन बित्तिकै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको हो। शव अस्पतालमा राखिएको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार