मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

क्रूरतापूर्वक कुकुरको हत्या गर्ने तीन जना पक्राउ

क्रूरतापूर्वक कुकुरको हत्या गर्ने तीन जना पक्राउ

सोमबार, असार ४ २०८१
  • images
    क्रूरतापूर्वक कुकुरको हत्या गर्ने तीन जना पक्राउ
    images

    इलाम । कुकुरको क्रूरतापूर्वक मारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय इलामले तीन जनालाई पक्राउ गरेको हो। 

    पक्राउ पर्नेमा देउमाई नगरपालिका वडा नम्बर ९ जितपुर बस्ने २१ वर्षीय दिक्षान्त मोरोहाङ लिम्बु, सोही ठाउँमा बस्ने दुई जना १७ वर्षीय किशोर छन्।

    images
    images

    जेठ ३२ गते सामाजिक सञ्जाल भुत प्रेत नामक पेजबाट एउटा कुकुरलाई लाठ्ठीले बारम्बार कुटेर क्रूरतापूर्वक मारेको भिडिओ बाहिरिएको थियो।

    उनीहरूले हत्या गरी खाल्डो खनेर पुरेका थिए। भिडिओ भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय इलामले अनुसन्धान अघि बढाएको थियो। 

    भिडिओ कसले अपलोड  गरेको र हत्या कसले गरेको भन्ने विषयमा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

    उनीहरूविरूद्ध पशु कल्याण संघ नेपालले पशुपंक्षी सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दिएको थियो। पशुपंक्षी सम्बन्धी कसुरमा पशुपंक्षी प्रति निर्दयी व्‍यवहार गर्न नहुने भन्ने उल्लेख छ।

    उक्त कसुर गर्ने वा गराउनेलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार