बुधबार, असार २० गते २०८१
Logo
बुधबार, असार २० गते २०८१
images

काठमाडौंको सार्वजनिक स्थानमा धूम्रपान, मद्यपान प्रयोगमा पूर्ण बन्देज

काठमाडौंको सार्वजनिक स्थानमा धूम्रपान, मद्यपान प्रयोगमा पूर्ण बन्देज

शुक्रबार, असार १ २०८१
  • images
    काठमाडौंको सार्वजनिक स्थानमा धूम्रपान, मद्यपान प्रयोगमा पूर्ण बन्देज
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र धूम्रपान, मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज लगाउने भएको छ ।

    आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बालेन शाहले यस्तो घोषणा गरेका हुन् । साथै, जंक फुड प्रयोगलाई समेत निरुत्साहित गरिने उनले बताए ।

    images
    images


    महानगर क्षेत्र भित्रिने खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक प्रबन्ध मिलाइने उनले बताए । महानगरभित्रका स्वास्थ्य संस्थाको दर्ता प्रक्रियालाई सूचनाप्रविधिमा आधारित बनाइने समेत उनले बताए ।

    बहुआयामिक शहरी गरिबी निवारणका लागि लक्षित कार्यक्रम ल्याइने समेत उनको भनाइ छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार