मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

रडले हानेर काभ्रेमा एक महिलाको विभत्स हत्या

रडले हानेर काभ्रेमा एक महिलाको विभत्स हत्या

बुधबार, जेठ ३० २०८१
  • images
    रडले हानेर काभ्रेमा एक महिलाको विभत्स हत्या
    images

    काठमाडौं । काभ्रेमा रडले हानेर एक महिलाको हत्या भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

    यही जेठ २४ गते काभ्रेको तेमाल गाँउपालिका-२ काफल डाँडामा सोही ठाउँकी ५७ वर्षीया साहिली तामाङको शव फेला परेको थियो। 

    images
    images

    साहिलीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँका मानध्वज तामाङलाई पक्राउ गरेको हो। 

    उनले फलामको रडले शरीरका विभिन्न भागमा प्रहार गरेर साहिलीको विभत्स ढंगले हत्या गरेको अनुसन्धनको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

    उनको साथबाट फलामको रडसमेत प्रहरीले बरामद गरेको छ। पक्राउपछि जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार