मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

सोमबार, जेठ २८ २०८१
  • images
    स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

    प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँदिल्ली गएका थिए ।

    images
    images


    प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिपरिषद्का सदस्यहरू लगायतले स्वागत गरेका छन् ।

    भारतमा रहँदा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटवार्ता गरेका थिए ।


    प्रधानमन्त्री प्रचण्डको भ्रमण दलमा उनकी स्वकीय सचिव गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार