मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

गर्मी बढेपछि दाङमा पाँच दिन विद्यालय बन्द

गर्मी बढेपछि दाङमा पाँच दिन विद्यालय बन्द

बिहीबार , जेठ १७ २०८१
  • images
    गर्मी बढेपछि दाङमा पाँच दिन विद्यालय बन्द
    images

    दाङ । अत्यधिक गर्मी बढेपछि तुलसीपुर उपमहानगरपालिका नगर क्षेत्रका विद्यालय पाँच दिन बन्द हुने भएका छन् । केही दिनदेखि निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन् ।

    सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले जेठ १८ देखि २२ गतेसम्म विद्यालयमा बिदा दिइएको जानकारी दिए । दाङको तापक्रम ३९ डिग्री सेल्सियसभन्दा बढी भएपछि उपमहानगरअन्तर्गत नगर शिक्षा समितिको बैठकबाट पाँच दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए । 

    images
    images

    देउखुरीको राप्ती गाउँपालिकाले पनि अत्यधिक गर्मी बढेपछि पालिकाभित्रका विद्यालय बिहीबार र शुक्रबार दुई दिन बन्द हुने सूचना जारी गरेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार