मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

महिलाहरू राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी

महिलाहरू राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी

बुधबार, जेठ १६ २०८१
  • images
    महिलाहरू राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी
    images

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाहरू राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताएकी छन् । बुधबार नेकपा एमालेले आयोजना गरेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले महिलाहरू राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताइन् ।

    उनले महिलाहरूले पेसा, वर्ग र महिलाका सामुदायिक मुद्दाहरूका साथै राष्ट्रिय मुद्दाहरूमा पहलकदमी लिँदै राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताइन् । उनले महिलाहरूले केवल महिलाको मात्रै विषय नभएर समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एजेन्डाहरूमा पनि नेतृत्व लिनुपर्ने बताइन् ।

    images
    images

    पूर्वराष्ट्रपति भण्डारीले लैंगिक समानताको विषय महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको उल्लेख गर्दै सचेतना तथा सशक्तिकरणका अभियानहरू महिला र पुरुष दुवैमा लक्षित गर्नुपर्नेमा जोड दिइन् । उनले महिलाविरुद्ध हुने असमानता, विभेद र हिंसाको मूल कारण पुरुष नभएर शोषणमा आधारित सामाजिक र आर्थिक व्यवस्था रहेको बताइन् । उनले व्यक्तिगत सचेतना वा सशक्तिकरणमा मात्र सीमित नभइ महिला मुक्तिको सवाललाई समग्र सामाजिक मुक्ति वा रुपान्तरणको विषयसँग जोड्नुपर्ने बताइन् । 

    उनले महिलाहरूको जनस्वास्थ्यमा गम्भीर चुनौती देखापरिरहेको भन्दै यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताइन् । उनले महिलाको स्वास्थ्य नराम्रो भएमा परिवारले दुःख पाउनुका साथै देशले नै क्षति व्यहोर्ने भन्दै यसप्रति सचेत हुनुपर्ने बताइन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार