मंगलबार, असार १९ गते २०८१
Logo
मंगलबार, असार १९ गते २०८१
images

पत्रकार गजेन्द्र बुढाथोकीलाई चिनियाँ राजदूतको धम्की !

पत्रकार गजेन्द्र बुढाथोकीलाई चिनियाँ राजदूतको धम्की !

बुधबार, जेठ १६ २०८१
  • images
    पत्रकार गजेन्द्र बुढाथोकीलाई  चिनियाँ राजदूतको धम्की !
    images

    नेपालका लागि चिनियाँ राजदूत छेन् सोङले टक्सार म्यागेजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीलाई धम्की दिएका छन् । पत्रकार बुढाथोकीले पोखरा विमानस्थल निर्माणका लागि लिइएको ऋण सम्बन्धमा सामाजिक सञ्जाल ‘एक्स’मा गरेको एउटा पोस्टमा राजदूत सोङले धम्की दिएका हुन् । 

    सामाजिक सञ्जाल 'एक्स'मा पत्रकार बुढाथोकीले दुई दिनअघि ‘पोखरा विमानस्थलका लागि लिएको ऋण २ प्रतिशत ब्याजदरको भन्दै आएका थिए । ५ प्रतिशत पो रहेछ’ भन्दै पोस्ट गरेका थिए ।

    images
    images

    सोही पोस्टमा राजदूत सोङले 'अहिलेसम्म आफूले देखेको सबैभन्दा ठूलो झुट' भन्दै मंगलबार राति रिप्लाई गरेका थिए । उनले लेखेका छन्, ‘यो सार्वजनिक सूचना हो, तैपनि यसबारे झुट बोल्ने आँट गर्नुभयो ।’

    बुढाथोकी र उनले प्रतिनिधित्व गर्ने (व्यक्ति/संस्था) बाट पनि औपचारिक माफी माग्नुपर्ने माग समेत सोङले गरेका छन् । 

    पत्रकार बुढाथोकीले उक्त विमानस्थलका लागि लिईएको ऋणको ब्याज, सेवा शुल्क र शुल्क सहित, कुल खर्च लगभग ५ प्रतिशत हुने अनुमान गरिएको भन्दै लेखेका छन, “मिडिया प्रतिनिधिको हैसियतमा तथ्यलाई वस्तुनिष्ठ रूपमा प्रस्तुत गर्नु महत्त्वपूर्ण हुन्छ। म कूटनीतिज्ञ वा नेपाल सरकारको आधिकारिक प्रतिनिधि होइन, त्यसैले राजदूतबाट धम्की असहनीय छ।”


    बुढाथोकीले आफूले प्रमाणसहित आफूले म्यागेजिन(टक्सार म्यागजिन)मा प्रकाशित गर्ने पनि बताएका छन् । पोखरा विमानस्थल निर्माण गर्न नेपाल सरकारले चीनको एक्सपोर्ट इम्पोर्ट बैंकबाट आरएमबी १ अर्ब ३७ करोड ८७ लाख ऋण प्राप्त गरी ५ प्रतिशत ब्याज तिर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई उपलब्ध गराएको छ ।


    यस विषयलाई लिएर सामाजिक सञ्जाल तरंगित बनेको छ । राजदूतको सामाजिक सञ्जालमा आलोचना भएको छ । सामाजिक सञ्जालमा पक्षविपक्ष देखिएपनि अधिकांशले चिनियाँ राजदूतको भनाई कुटनीतिक मर्यादा विपरीत भएको बताएका छन्। भारतीय वा अमेरिकी राजदूतले यस्तै गरेको भए के हुन्थ्यो भन्ने प्रश्न समेत कयौँले गरेका छन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार