बुधबार, असार २० गते २०८१
Logo
बुधबार, असार २० गते २०८१
images

संसदमा कांग्रेस र एमाले सांसदहरूबीच धकेलाधकेल

संसदमा कांग्रेस र एमाले सांसदहरूबीच धकेलाधकेल

बिहीबार , जेठ ३ २०८१
  • images
    संसदमा कांग्रेस र एमाले सांसदहरूबीच धकेलाधकेल
    images

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्तारुढ नेकपा एमाले र प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूबीच धकेलाधकेल भएको छ ।

    सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि दुबै पक्षका सांसदहरू विवादमा उत्रिएका हुन् । 

    images
    images

    सभामुखले गृहमन्त्रीलाई समय दिएपछि कांग्रेसका सांसदहरूले बेल घेराउ गरेपछि सत्तारुढ सांसदहरु उठेर गृहमन्त्रीलाई बोल्न दिनुपर्ने माग गर्दा विवाद बढेको हो ।

    कांग्रेस सांसदहरू गृहमन्त्री रोष्ट्रम जाने बाटो छेक्न उनको कुर्सी नजिकै पुगेर नाराबाजी गर्न थालेका थिए । त्यही बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अरु सांसदहरुले लामिछानेलाई रोष्ट्रममा जान आग्रह गरे ।

    त्यस क्रममा एमालेका सांसदहरु पनि वेलमा आएर कांग्रेस सांसदहरुसँग धकेलाधकेल गर्दै गृहमन्त्रीलाई रोष्ट्रम जाने बाटो खाली गराउन खोजेका थिए ।

    त्यसपछि सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई आसन ग्रहण गर्न आग्रह गरे र संसद बैठक अवरुद्ध गरे ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार