सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

शङ्खमुलको आगो नियन्त्रणमा, ११ पसल र घरमा क्षति

शङ्खमुलको आगो नियन्त्रणमा, ११ पसल र घरमा क्षति

साझा पोष्ट
आइतबार, वैशाख १६ २०८१
  • images
    शङ्खमुलको आगो नियन्त्रणमा, ११ पसल र घरमा क्षति
    images

    काठमाडौं । काठमाडौँ महानगरपालिका–३१ शङ्खमुल दोभानपुलमा आगलागी हुँदा ११ वटा पसल र घरमा क्षति पुगेको छ।


    images
    images

    शङ्खमूल दोभानपुलमा विशाल केसीले सञ्चालन गरेको देबी अटो मोबाइल्स प्रालिमा आज दिउँसो विद्युत् सर्ट भएर लागेको आगो अरु पसलमा पनि फैलिएर क्षति भएको हो । 

    आगलागीबाट मेघराज घलेको मोटरसाइकल वर्कसप, वीरेन्द्रप्रसाद यादवले सञ्चालन गरेको जय बजरंगबली पान पसल, चन्द्रकुमार कुशवाहले सञ्चालन गरेको माछा पसलमा क्षति पुगेको छ ।

    त्यसैगरी जगनाथ शर्माको खाजा पसल, गोपालबहादुर विष्टको तरकारी तथा फलफूल किराना पसल, आशगोपाल श्रेष्ठको मासु पसल, चन्द्र महर्जनको पक्की घरको भित्ता, केदार श्रेष्ठको पक्की घरको भित्ता र मेघराज घलेको फास्टफुड रेष्टुरेन्टमा क्षति पुगेको छ । आगलागीबाट कति रकम बराबरको क्षति भयो भन्ने अहिले खुलिसकेको छैन ।

    बानेश्वर प्रहरी वृत्तबाट प्रहरी निरीक्षक प्रकाश खत्रीको नेतृत्वमा खटिएको बीस जनाको टोली तथा स्थानीयबासी, तीनवटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार