काठमाडौं । काठमाडौंको शङ्खमूलमा आगलागी भएको छ । आगलागीबाट दोभान पुल नजिक एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा पनि आगोले क्षति पुर्याएको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने एकीन भएको छैन ।
ललितपुर महानगरपालिकाका दुई वटा दमकल, काठमाडौंको जुद्ध बारुण यन्त्र तथा प्रहरी र स्थानीयको समेत सहयोगमा आगो निभाउने क्रम जारी छ । आगलागीको कारण थाहा भइनसकेको प्रहरीले जनाएको छ ।