आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

वेस्टइण्डिज 'ए' ले नेपाललाई दियो १६१ रनको लक्ष्य

वेस्टइण्डिज 'ए' ले नेपाललाई दियो १६१ रनको लक्ष्य

साझा पोष्ट
आइतबार, वैशाख १६ २०८१
  • images
    वेस्टइण्डिज 'ए' ले नेपाललाई दियो १६१ रनको लक्ष्य
    images

    काठमाडौं । वेस्टइन्डिज 'ए' ले दोस्रो टी-२० खेलमा घरेलु टोली नेपाललाई १ सय ६१ रनको लक्ष्य दिएको छ ।


    images
    images

    त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो । वेस्टइन्डिजका आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रन बनाए ।

    नवौं नम्बरका ब्याटर गुडाकेश मोतीले ८ बलमा २ चौका र ४ छक्कासहित आक्रामक ३३ रन बनाउँदै नट आउट रहे । म्याथ्यु फर्डले ६ बलमा १ छक्कासहित ११ रनमा नट आउट रहे । कप्तान रोस्टन चेज २३ केसी कार्टी १०, किमो पल ८ र हेयडन वाल्स ९ रनमा आउट भए ।  अन्तिम २ ओभरमा वेस्टइन्डिजले ४१ रन जोडेको थियो ।

    अन्तिम ओभरमा मोतीले दीपेन्द्रसिंह ऐरीलाई ३ छक्का र १९ ओभरमा आकाश चन्दलाई एक चौका र एक छक्का हाने । आकाशलाई फर्डले पनि एक छक्का हाने । नेपालका लागि सागर ढकाल, कुशल भूर्तेलले समान २ तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।  पाँच खेलको सिरिजमा नेपाल १९० ले अघिछ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार