सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

नेपाल विदेशी लगानीकर्तालाई हृदयदेखि नै स्वागत गर्ने देश: प्रधानमन्त्री

नेपाल विदेशी लगानीकर्तालाई हृदयदेखि नै स्वागत गर्ने देश: प्रधानमन्त्री

साझा पोष्ट
आइतबार, वैशाख १६ २०८१
  • images
    नेपाल विदेशी लगानीकर्तालाई हृदयदेखि नै स्वागत गर्ने देश:  प्रधानमन्त्री
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विदेशी लगानीकर्तालाई हृदयदेखि नै स्वागत गर्ने देश भएको बताएका छन् ।राजधानीमा सुरु भएको तेस्रो लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले लगानीकर्ता विश्वास दिलाउने प्रयास गरेका हुन् । नेपालमा प्रयोग नभएका अपार सम्भावना र अवसरका केन्द्रमा उभिएर लगानीकर्तालाई स्वागत गर्ने उनले बताए ।


    images
    images

     ‘नेपाल गौतम बुद्ध, सगरमाथा र वीर मानिसहरूको भूमि हो, यो विदेशी लगानीलाई हृदयदेखि स्वागत गर्ने देश हो ।’ उनले भने ।लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहजता प्रदान गर्न निरन्तर सुधारमा सरकार दृढ रहेको उनले बताए । यसै सन्दर्भमा हालै सरकारले कानून परिमार्जन गरेको उनले उल्लेख गरे ।

    उनले मित्र राष्ट्रहरूलाई चाँडोभन्दा चाँडो द्विपक्षीय लगानी सम्झौता (बीआईए)  मा हस्ताक्षर गर्न समेत आह्वान गरे ।

    नेपालका ६० प्रतिशतभन्दा बढी जनसंख्या श्रमिक उमेर समूहभित्र रहेको तीव्र रुपमा विस्तार भएको मध्यमवर्गीय जनसंख्याले उपभोक्ता वृद्धिको अपार सम्भावना देखाएको प्रधानमन्त्री प्रचण्डले बताए।

    विदेशी भाषा बोल्ने युवाको संख्या उल्लेख रहेकाले अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा मन पर्ने स्थानीय दक्ष श्रमशक्ति खोज्न समेत मद्दत पुग्ने उनले बताए ।

    नेपालले पर्यटन, कृषि, उत्पादन, सूचना–प्रविधि, गार्मेन्ट, कृषि प्रशोधनन र पूर्वाधार र उच्च मूल्यका बाली उत्पादन लगायत विभिन्न अवसर उपलब्ध गराएको प्रधानमन्त्री प्रचण्डले बताए ।

    नेपालमा जलविद्युतको प्रचुर सम्भावना भए पनि अहिले ३२ सय मेगावाट मात्रै उत्पादन भएको भन्दै उनले ५ हजार ५६८ मेगावाटका ठूला परियोजना सार्वजनिक–निजी–साझेदारीमा निर्माणको चरणमा रहेको बताए । यसले नेपालको जलविद्युत् क्षेत्रमा प्रचुर अवसर रहेको देखाउने उनको भनाइ छ ।

    नेपालमा वैदेशिक लगानी गरेका कम्पनी नाफामुखी देखिएको भन्दै उनले ती कम्पनीले लाभाशं फिर्ता लगेको अवस्थाले समेत नेपालमा लाभदायक लगानीको वातावरण भएको बताए ।

    लगानी सम्मेलनमा प्रस्तुत गरिने परियोजनाले देश र सम्भावित लगानीकर्ता दुवै पक्षलाई फाइदा पुग्ने उनले विश्वास व्यक्त गरे । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार