आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

राजस्थान आइपीएलको प्ले अफ नजिक

राजस्थान आइपीएलको प्ले अफ नजिक

साझा पोष्ट
आइतबार, वैशाख १६ २०८१
  • images
    राजस्थान आइपीएलको प्ले अफ नजिक
    images

    काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले अफ नजिक पुगेको छ । गएराति लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले हराउँदै राजस्थानले  लगभग प्लेअफमा स्थान पक्कापक्की गरेको छ । राजस्थान ९ खेलमा ८ मा जितका साथ शीर्ष स्थानमा छ ।


    images
    images

    १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । कप्तान सञ्जु सामसन ३३ बलमा ७ चौका र ४ छक्कासहित ७१ रनमा र  ध्रुब जुरेल ३४ बलमा ५ चौका र २ छक्कासहित ५२ रनमा नटआउट रहे । जस बटलर ३४, यशस्वी जैसवाल २४  र रियान पराग १४ रनमा आउट भए ।

    लखनउका यश ठाकुर, मार्कस स्टोइनिस र अमित मिश्राले एक-एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली लखनउले २० ओभरमा ५ विकेट गुमाउँदै १९६ रन बनाएको थियो ।

    लखनउका लोकेश राहुलले ४८ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाए । दीपक हुडा ३१ बलमा ७ चौकासहित ५०, क्विन्टन डि कक ८, मार्कस स्टोइनिस शून्य, निकोलस पुरन ११, आयुश बदोनी १८ र क्रुनाल पाण्ड्यले १५ रन जोडे ।

    राजस्थानका सन्दीप शर्माले २, ट्रेन्ट बोल्ट,  आवेश खानर रवीचन्द्रन आश्विनले एक-एक विकेट लिए । 
    लखनउ ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अंकका साथ चौथो स्थानमा छ । समान ८ खेलमा १०–१० अंक भए पनि कोलकाता दोस्रो र हैदराबाद तेस्रो स्थानमा छन् । दिल्ली १० खेलमा १० अंकका साथ पाँचौं स्थानमा छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार