आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

नेपाल आज दोस्रो टी २० मा वेस्टइन्डिज 'ए' सित भीड्दै

नेपाल आज दोस्रो टी २० मा वेस्टइन्डिज 'ए' सित भीड्दै

साझा पोष्ट
आइतबार, वैशाख १६ २०८१
  • images
    नेपाल आज दोस्रो टी २० मा वेस्टइन्डिज 'ए' सित भीड्दै
    images

    काठमाडौं । नेपाल र  वेस्टइन्डिज ए बीचको दोस्रो टी–२० खेल आज हुँदैछ ।    खेल दिउँसो १२ ः१५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो ।


    images
    images

    २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका थिए । पहिलो खेलको प्रदर्शनले टोलीको मनोबल उच्च छ । तर, रोहित बाहेक अन्य ब्याटरले राम्रो गर्न सकेका थिएनन् । 

    पहिलो खेलमा करण केसी र सोमपाल कामी दुवै थिएनन् । आज यी दुई मध्य एकलाई मौका दिनसक्छ ।  कमलसिंह ऐरीलाई आज पनि नेपालले मौका दिनसक्छ । आज विवेक यादवको ठाउँमा लोकेश बमलाई मौका दिनसक्ने सम्भावना छ । पहिलो खेलमा अनिल साहले राम्रो पदर्शन गर्न सकेनन । 
    तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेलिरहेको छ। शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ।

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार