सोमबार, जेठ १४ गते २०८१
Logo
सोमबार, जेठ १४ गते २०८१
images

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

साझा पोष्ट
बुधबार, वैशाख १२ २०८१
  • images
    नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर
    images

    काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ ।नेपाल भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्तापछि होटल सोल्टीमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो ।

    images

    दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी,  कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् ।

    images
    images
    nepal-and-qatar-mou-dhakal.jpg

    सम्झौतापछि अब कतारी राजा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले द्वारिका होटलमा आयोजना गरेको दीवा भोजमा सरिक हुनेछन् । होटल सोल्टीको यो कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ । त्यसपछि कतारी टोली आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ । राष्ट्रपति रामचन्द्र पौडेलको निम्तोमा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा मंगलबार काठमाडौं आएका थिए । उनले मंगलबार साँझ नै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुका साथै शितल निवासमा आयोजित रात्रिभोजमा सहभागी पनि भएका थिए ।कतारका राजा पहिलोपटक नेपाल भ्रमणमा आएका हुन् । 

    प्रतिक्रिया हरु
    थप समाचार