शुक्रबार, वैशाख २१ गते २०८१
Logo
शुक्रबार, वैशाख २१ गते २०८१

लखनउसँग चेन्नईको हार

लखनउसँग चेन्नईको हार

साझा पोष्ट
शनिबार, वैशाख ८ २०८१
  • images
    लखनउसँग चेन्नईको हार
    images

    काठमाडौं ।   कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतक बनाएपछि  लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग  (आईपीएल) मा चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको छ।


    images
    images

    शुक्रबार राति भएको खेलमा  चेन्नईले दिएको १७७ रनको लक्ष्य  लखनउले १९ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । लखनउका कप्तान राहुलले सर्वाधिक ८२ रन बनाए। ५३ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे।

    डि ककले ४३ बलमा ५ चौका र १ छक्कासहित ५४ रन बनाए। राहुल र डि ककबीच पहिलो विकेटका लागि १३४ रनको विशाल साझेदारी भएको थियो। 

    निकोलस पूरन २३ र मार्कस स्टोइनिस ८ रनमा नटआउट  रहे। चेन्नईका मुस्ताफिजुर रहमान र मथिशा पाथिरानाले १–१ विकेट लिए।

    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले महेन्द्रसिंह धोनीको आक्रामक ब्याटिङसँगै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।

    चेन्नईका लागि धोनीले ९ बलमा ३ चौका र २ छक्कासहित २८ रनको आक्रामक इनिङ्स खेले। अन्तिम ओभरमा मात्रै धोनीले २ चौका र १ छक्कासहित १९ रन बनाएका थिए।

    अजिंक्य रहाणे ३६, मोइन अली ३० र कप्तान ऋतुराज गायकवाड १६ रनमा आउट हुँदा रविन्द्र जडेजाले नटआउट ५७ रन जोडे । उनले ४० बलको सामना गरे । 
    लखनउका कृणाल पाण्ड्याले सर्वाधिक २ विकेट लिए। मोहसिन खान, यश ठाकुर, रवि बिश्वोई र मार्कस स्टोइनिसको नाममा १–१ विकेट रह्यो।

    जितसँगै लखनउ पाँचौँ स्थानमा उक्लिएको छ। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार