बुधबार, वैशाख १९ गते २०८१
Logo
बुधबार, वैशाख १९ गते २०८१

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय आज सकिँदै, सोडारीलाई नमान्ने एमालेको अडान

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय आज सकिँदै, सोडारीलाई नमान्ने एमालेको अडान

साझा पोष्ट
बिहीबार , वैशाख ६ २०८१
  • images
    सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय आज सकिँदै, सोडारीलाई नमान्ने एमालेको अडान
    images

    काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले दोस्रोपटक दिएको समयसीमा पनि आज सकिँदैछ । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा बहुमतसहित दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन्। तर अहिलेसम्म अन्यौल छ । 


    images
    images

     सत्ता गठबन्धनबाट एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अघि सार्ने सहमति भए पनि सत्ता साझेदार नेकपा एमालेले स्वीकार नगर्ने भनेपछि अहिलेसम्म दाबी पेस हुन सकेको छैन । 


    एमालेले दीर्घ सोडारीभन्दा अर्को पात्र ल्याउनुपर्ने अडान राखेको छ। एमाले सुदूरपश्चिम यस विषयमा पार्टी केन्द्रको निर्णयको पर्खाइमा छ।तर नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दल तथा पार्टीको केन्द्रीय सचिवालय बैठकले समेत मुख्यमन्त्रीमा सोडारीलाई नै अघि सार्ने निर्णय गरिसकेका छन्।

    सुदूरपश्चिममा एकीकृत समाजवादीका ४ सांसद छन्। एमालेले सोडारीको सट्टामा यसअघि आर्थिक मामिला मन्त्री बनेका नरेश शाही, प्रकाश रावल, माया पन्तमध्ये जसलाई मुख्यमन्त्री बनाए पनि समर्थन गर्ने बताएको छ। तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला सोडारीको अश्लील संवाद बालुवाटार पुगेको थियो।

    एकजना महिलासँगको त्यो अश्लील संवाद सुनेपछि अध्यक्ष ओलीले उनलाई मन्त्रीबाट हटाउन भनेका थिए र पार्टीबाट समेत कारबाही गरेका थिए।नेकपा विभाजनपछि त्यस बेलाका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले सोडारीको कारबाही फुकुवा गरेको थियो। त्यसपछि सोडारी फेरि भौतिक पूर्वाधार मन्त्री बनेका थिए। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार