शुक्रबार, जेठ ११ गते २०८१
Logo
शुक्रबार, जेठ ११ गते २०८१
images

ताइवानमा २५ वर्ष यताकै शक्तिशाली भुकम्प

ताइवानमा २५ वर्ष यताकै शक्तिशाली भुकम्प

साझा पोष्ट
बुधबार, चैत २१ २०८०
  • images
    ताइवानमा २५ वर्ष यताकै शक्तिशाली भुकम्प
    images

    काठमाडौं ।ताइवानमा शक्तिशाली भूकम्प गएको छ। बुधबार बिहान ताइवानको पूर्वी तटिय क्षेत्रमा ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।  ताइवानका अधिकारीहरूले यो भूकम्पलाई २५ वर्षयताकै शक्तिशाली भनेका छन्। भूकम्पपछि ताइबानसँगै दक्षिणी जापानसहितका छिमेकी देशमा सुनामीको चेतावनी दिइएको छ। भूकम्पले पुर्याएको क्षतिको विवरण भने सार्वजनिक भएको छैन।  बीबीसीका अनुसार ताइवानको ख्वालिएन शहरदेखि करिब १८ किलोमिटर टाढा केन्द्रबिन्दु बनाई भूकम्प गएको हो।  यो भूकम्पको कारण जापानको दक्षिण-पश्चिमी क्षेत्रको ठूलो भूभागमा सुनामीले ३ मिटर उचाइसम्म छाल निम्त्याउ सक्ने अनुमान मौसमविद्हरुकाले गरेका छन्। फिलिपिन्सको भूकम्प मापनसम्बन्धी निकायले त्यहाँ सुनामी आउन सक्ने चेतावनी जारी गरेको छ।

    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार