काठमाडौं । आफ्ना नेता तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउको विरोधमा आम आदमी पार्टीले भारतमा विरोध प्रदर्शन गरेको छ।
प्रहरीले दिल्लीको आईटीओबाट दिल्ली सरकारका मन्त्री सौरभ रद्वाजलगायत आम आदमी पार्टीका नेता कार्यकर्तालाई पक्राउ गरेको छ।
मदिरा नीति प्रकरणमा बिहीबार साँझ ईडीले नियन्त्रणमा लिएका केजरीवाललाई आज अदालत पेस गरिँदै छ।