शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

मध्य गाजामा इजरायली आक्रमणः ४० जनाको मृत्यु, सय घाइते

मध्य गाजामा इजरायली आक्रमणः ४० जनाको मृत्यु, सय घाइते

साझा पोष्ट
शुक्रबार, फागुन ११ २०८०
  • images
    मध्य गाजामा इजरायली आक्रमणः ४० जनाको मृत्यु, सय घाइते
    images

    काठमाडौं । मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु भएको छ । साथै सय भन्दा बढी घाइते भएका छन् । प्यालेस्टाइनी सुरक्षा स्रोतहरूकाअनुसार इजरायली विमानहरूले देइर अल–बालाह शहरका धेरै आवासीय घरहरूमा आक्रमणहरू गरेका छन् ।


    images
    images

    हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही पीडितको शव अल–अक्सा शहीद अस्पतालमा सारिएको जनाएको छ ।इजरायली आक्रमणहरूले छिमेकलाई गम्भीर रूपमा क्षतिग्रस्त बनाएपछि एम्बुलेन्सहरू र नागरिक रक्षा टोलीहरू मानिसहरूलाई बचाउन हमला भएको ठाउँमा पुगेका थिए ।

    चिकित्सा स्रोतहरूले अल–अक्सा शहीद अस्पताल अहिले हजारौं घाइते, बिरामी र विस्थापित मानिसहरूले भरिएको बताएका छन् । - न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार