मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

नेपालमा पहिलोपटक देखियो कोभिड संक्रमणको नयाँ सबभेरिएन्ट ‘जेएन.१’

नेपालमा पहिलोपटक देखियो कोभिड संक्रमणको नयाँ सबभेरिएन्ट ‘जेएन.१’

साझा पोष्ट
सोमबार, पुस २३ २०८०
  • images
    नेपालमा पहिलोपटक देखियो कोभिड संक्रमणको नयाँ सबभेरिएन्ट ‘जेएन.१’
    images

    काठमाडौं । नेपालमा पहिलोपटक कोभिड संक्रमणको नयाँ सबभेरिएन्ट ‘जेएन.१’ देखिएको छ।

    images
    images

    स्वास्थ्य मन्त्रालयका अनुसार, मुलुकका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित १६ वटा नमुनाको पीसीआर तथा एन्टिजेन परीक्षण पोजेटिभ देखिएपछि तिनको जिनोम सिक्वेन्सिङ गर्दा ७ वटा नमुनामा ‘जेएन.१’ भेरिएन्ट देखिएको हो।

    images
    images

    काठमाडौं, भक्तपुर, पोखरा, धनगढी, चितवन, डडेलधुरा लगायतका ठाउँबाट ती १६ वटा नमुना संकलन गरिएका थिए।रिपोर्टले जेएन.१ मुलुकको सबै भागमा फैलिरहेको अवस्था देखाएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ‘जेएन.१’ लाई यसको द्रुत विश्वव्यापी फैलावटपछि ‘भेरिएन्ट अफ इन्टरेस्ट’ को रूपमा वर्गीकृत गरेको छ।

    ‘जेएन.१ सब भेरिएन्ट नेपालमा पहिलो पटक देखिएको हो’, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले भने, ‘संक्रमणको फैलावट रोकथाम गर्न सबैले भिडभाडमा नजाने, भौतिक दूरी कायम गर्ने, मास्क प्रयोग, साबुनपानीले हात धुनेजस्ता जनस्वास्थ्यका मापदण्ड पालन गर्नुपर्छ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार