मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

पुष्प खड्का र सुमित्रा पौडेलको ‘माया बन्धन यो’ सार्वजनिक

पुष्प खड्का र सुमित्रा पौडेलको ‘माया बन्धन यो’ सार्वजनिक

साझा पोष्ट
शनिबार, पुस १६ २०७९
  • images
    पुष्प खड्का र सुमित्रा पौडेलको ‘माया बन्धन यो’ सार्वजनिक
    images

    काठमाडौं । चलचित्र उद्योगमा ख्यातिप्राप्त कलाकर्मीहरुको सहकार्यमा आधुनिक गीतको अडियो र यसको भिडियो ‘माया बन्धन यो’ एकसाथ सार्वजनिक गरिएको छ । निर्माण टिमले ओएसआर डिजिटलको अफिसियल युट्युव च्यानलमार्फत गीत सार्वजनिक गरेको हो ।

    images
    images

    गीतमा प्रताप दास र कविता श्रेष्ठको संयुक्त आवाज सुन्न सकिन्छ । बाबु प्रधानले गीतको अडियो एरेन्ज गरेका हुन् । राजेश कुमार श्रेष्ठको शब्दमा सजिएको गीतको म्युजिक एलिस कार्कीले तयार पारेका हुन् ।

    images
    images

    गीतको भिडियोमा चलचित्र उद्योगका लोकप्रिय अभिनेता पुष्प खड्कासँग सुमित्रा पौडेलले अभिनयमा अनस्क्रिन रोमान्स गरेकी छन् । यसै गीतबाट मोडलिङमा डेब्यु गरेकी पौडेलले यो गीत आफ्ना लागि ड्रिम प्रोजेक्ट रहेको प्रतिक्रिया दिइन् । उनले चलेका अभिनेतासँग सहकार्य गर्न पाउँदा निकै खुसी लागेको र आगामी समयमा यस्तै मिठा गीतमा प्रस्ताव आयो भने काम गर्न राजी हुने बताइन् । 

    सानैंदेखी अभिनयमा आउने मन थियो, उनले भनिन्, ‘अध्ययनमा ब्यस्तताले त्यसबेला सम्भव भएन । सबैको आ–आफ्नो समय आउँछ भनेजस्तै मेरो पनि बिहे भइसकेपछि २ नानीबाबु जन्मिएपछि बल्ल चाहना पुरा गरेकी छु ।’

    गीत सार्वजनिक भएपछि अभिनेता पुष्प खड्काले चलचित्र उद्योगमा नाम चलेका व्यक्तिहरुको सहकार्य रहेको यो प्रोजेक्टको अडियो मन परेपछि भिडियोमा काम गर्न तयार भएको प्रतिक्रिया दिए । उनले भने, ‘अडियो मन परेपछि भिडियोँमा काम गरेँ । अहिले म अभिनित चलचित्र तिम्रो मेरो साथ को प्रमोशनमा भएकाले यो गीतको प्रेस मिटमा उपस्थित हुन सकिनँ । तर, गीतको भिडियो हेरेपछि असाध्यै उत्साहित भएको छु ।’

    आज सार्वजनिक यो गीतको अडियो र भिडियो एक विशेष प्रेस मिट समारोहकाबीच वल्र्डवाइड प्रदर्शन गर्ने निर्माण टिमको तयारी थियो । तर, मुख्य अभिनेता खड्का काठमाडौंबाहिर भएपछि प्रेस मिट कार्यक्रम अन्तिम समयमा आएर रोकिएको थियो ।
    गीतको भिडियो चितवनको चर्चित झरना जलभिरे लगायतका विभिन्न स्थानमा खिचिएको छ ।

    ओम प्रसाईँ भिडियोका डिओपी हुन् । कलात्मक ढंगले उनले आफ्नो सिनेम्याटोग्राफीको क्षमता यसमा पनि दिएका छन् । भिडियोका निर्देशक सन्दिप भुजेल हुन् । सन्दिप पछिल्लो समय एकपछि अर्को हिट गीत निर्देशन गरिरहेका छन् । गीतको भिडियोलाई ओम प्रसाईँले सम्पादन गरेका हुन् । उनैले भिडियोको स्क्रिन प्ले, कलर ग्रेडिङ लगायतका काम समेत गरेका छन् ।

    हेर्नुस् भिडियो 

     

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार