शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

भुवन केसीले गरे पदभार ग्रहण, चलचित्र क्षेत्रको विकासमा काम गर्ने वाचा

भुवन केसीले गरे पदभार ग्रहण, चलचित्र क्षेत्रको विकासमा काम गर्ने वाचा

साझा पोष्ट
बुधबार, साउन ११ २०७९
  • images
    भुवन केसीले गरे पदभार ग्रहण, चलचित्र क्षेत्रको विकासमा काम गर्ने वाचा
    images
    काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले आज पदभार ग्रहण गरेका छन् । बिहान बोर्डको कार्यालय पुगेर स्वस्तिक वाचन गर्दै वास्तुअनुसार केसीले पदभार ग्रहण गरेका हुन् । केसीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गरेको थियो । अभिनेता तथा निर्माता समेत रहेका केसीले पदभार ग्रहण गर्दै चलचित्र क्षेत्रको विकास र समृद्धिमा आफूले ध्यान दिने बताए । आफु १० वर्ष देखि कला क्षेत्रमा लागेकोले कला क्षेत्रको विकास नै आफ्नो उद्देश्य रहेको केसीको भनाई थियो । १० वर्षको उमेरदेखि कला क्षेत्रमा लागेको बताउँदै अध्यक्ष केसीले चलचित्र क्षेत्रमै काम गरेको ४० वर्ष भइसकेको जानकारी दिए । उनले आफूलाई असफल हुने छुट नरहेको बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार