शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

यौनसम्वन्धि केही जानकारी जसले तपाईको यौनजीवन सहज बनाउन मद्दत गर्छ

यौनसम्वन्धि केही जानकारी जसले तपाईको यौनजीवन सहज बनाउन मद्दत गर्छ

साझा पोष्ट
सोमबार, असार १३ २०७९
  • images
    यौनसम्वन्धि केही जानकारी जसले तपाईको यौनजीवन सहज बनाउन मद्दत गर्छ
    images
    काठमाडौं । यौन क्रियाकलाप मानव जीवनको अभिन्न अंग हो । तर यसलाई सहि ढंगले प्रयोग गर्न भने जान्नैपर्छ । यौन सम्वन्धि जानकारी नहुँदा पनि कतिपयको जीवन समस्यामा परिरहेको हुन्छ । कतिपयमा उमेर ढल्कँदै जाँदा यौन चाहना कम हुँदै गएको महसुस पनि हुन्छ । रजश्वला भएका बेला यौन सम्वन्ध राख्न हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि कतिपयमा देखिन्छ । यौन जीवन राम्रो बनाउन यसबारे जानकारी राख्नैपर्छ । यौन सम्वन्धि केही जानकारी
    • ‍यौन सम्पर्क गर्न मानिस कहिले पनि बूढो हुँदैन । अर्थात यौन सम्पर्कका लागि उमेरले रोक्दैन ।
    • यौन चाहना व्यक्त गर्न कहिले पनि लजाउनु हुँदैन । शरीरको रचनामा पुरुष र महिला फरक-फरक भए पनि यौन चाहना भने लगभग एकैखाले हुन्छ ।
    • उमेरसँगै महिलाको यौन जन्य विशेषता फरक हुन सक्छन् । तर प्रौढ महिला पनि यौन सम्पर्कमा सक्रिय हुन सक्छन् । र पुरुष जति नै आनन्द उठाउन सक्छन् ।
    • सम्भोग भनेको योनीमा गरिने यौन क्रिया मात्र हैन । आलिङ्गन, चुम्बन, सुमसुम्याउनु, हस्त मैथुनका साथै मुख मैथुन पनि यौन क्रियाकलाप हुन् ।
    • हस्त मैथुनले शरिरमा हानी गर्दैन । कतिपयमा थकानको महसुस भए पनि अन्य जटिलता भने आएको पाईएको छैन ।
    • जोडीको बीचमा हुने यौन क्रियाकलापमा कति पटक भन्ने सामान्य मापदण्ड छैन । दुवै जना सन्तुष्ट नभएसम्म सम्भोग गर्नुलाई नै उत्तम मानिन्छ ।
    • रजश्वला भएका बेला यौन सम्पर्क राख्नु हुँदैन भन्ने गलत हो । बरु त्यो बेला गर्भवती हुने चिन्ता हुँदैन । त्यसैले रजश्वलामा सम्पर्क गरेर झन बढि आनन्द उठाउन सकिन्छ ।
    • ५० वर्ष पुग्नु भन्दा पहिला रजोनिवृत्त भएका महिलाले पछिल्लो पटक महिनावारी भएको पहिलो दुई वर्षसम्म गर्भनिरोधक उपाय प्रयोग गर्नु पर्छ ।
    • कण्डमको सही प्रयोगले यौन सम्पर्कबाट सर्ने सङ्क्रमण रोक्छ । साथै यसले गर्भ रहन पनि दिदैन ।
    • ६५ वर्ष भन्दा कम उमेरका महिलाले पाठेघरको क्यान्सरबाट सुरक्षित रहन नियमित रूपमा पाठेघरको स्मियर जाँच गर्नुपर्छ ।
    • पोर्नका कारण यौन जीवन प्रभावित हुन सक्छ । त्यसैले पोर्न हेर्ने लत छ भने त्याग्नु नै उपयुक्त हुन्छ । जोडी नै बसेर हेर्दा भने यसले हानी गर्दैन । तर पोर्नमा जस्तै सबै प्रयोग गर्न खोजेमा भने हानी हुन सक्छ ।
    • लागुपदार्थको प्रयोगले स्वास्थ्यसँगै यौन जीवनमा पनि असर पर्छ । मध्यपान गर्ने मानिसमा यौन चाहना कम हुन सक्छ ।
    • प्रयाप्त व्यायामले यौन चाहना बढाउनुका साथै बेडमा लामो समय रतिक्रिडा गर्न पनि मद्दत पुग्छ ।
    • अनिद्रा पनि यौन जीवन विगार्ने मुख्य तत्व हो । त्यसैले दिनमा कम्तिमा ७/८ घण्टा निदाउनै पर्छ । यसले शरिरमा थकान महसुस हुँदैन र यौन चाहना बढ्छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार