बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

सगरमाथा चढ्ने क्रममा केन्याली आरोहीको मृत्यु, नेपाली सहयोगी शेर्पा बेपत्ता

सगरमाथा चढ्ने क्रममा केन्याली आरोहीको मृत्यु, नेपाली सहयोगी शेर्पा बेपत्ता

साझा पोष्ट
बिहीबार , जेठ १० २०८१
  • images
    सगरमाथा चढ्ने क्रममा केन्याली आरोहीको मृत्यु, नेपाली सहयोगी शेर्पा बेपत्ता
    images

    काठमाडौं । विनाअक्सिजन सगरमाथा चढ्ने क्रममा केन्याका आरोही जोसुआ चेरियट किरुईको मृत्यु भएको छ ।

    बुधबार राति साढे १० बजे सगरमाथा चुचुरो नजिकै ८,८३० मिटरको उचाईमा उनी मृत अवस्थामा भेटिएको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार ‘एसएसटी एभरेस्ट एस्पिड २०२४ स्प्रिङ टिम २’ पर्वतारोहण दलका ४० वर्षीय आरोही जोसुआ सेभेन समिट ट्रेकमार्फत सगरमाथा चढ्न गएका थिए ।

    images
    images

    उनी विनाअक्सिजन आफ्ना नेपाली माउन्टेन गाइड सोलुखुम्बुका ङवाङ शेर्पाका साथमा १८ मेका दिन आधार शिविरबाट दोस्रो आधार शिविर तर्फ प्रस्थान गरेका थिए । उनीहरू १९ मेका दिन दोस्रो शिविरमा बसेर २० मेका दिन तेस्रो शिविर पुगेका थिए । सहयोगी शेर्पाको भने अझै खोजी जारी रहेको र अवस्था समेत अज्ञात रहेको पर्यटन विभागले जनाएको छ ।

    २१ मेका दिन चौथो शिविर पुगेका उनीहरू २२ मे ९बुधबार० बिहान सगरमाथा चुचुरोतर्फ लागेका थिए ।आरोही र सहयोगी सगरमाथा नजिकै पुगे पनि आरोहण गरेरनगरेको यकिन नभएको समेत विभागले जनाएको छ ।

    बुधबार दिउँसो ९ बजेसम्म पनि रेडियो सम्पर्कमा नआएपछि सेभेन समिटले चार जना अनुभव माउन्टेन गाइन परिचालन गरी क्याम्प २ माथि खोजतलास गरेको थियो । राति साढे १० बजे केन्याका आरोहीको शव भेटिएको हो ।

     

    प्रतिक्रिया हरु
    थप समाचार