आइतबार, असार ३ गते २०८१
Logo
आइतबार, असार ३ गते २०८१
images

'गल्ती नगरेको भए अर्को मन्त्रालयमा गएर देखाउन' रवि लामिछानेलाई शेखरको चुनौती

'गल्ती नगरेको भए अर्को मन्त्रालयमा गएर देखाउन' रवि लामिछानेलाई शेखरको चुनौती

साझा पोष्ट
बिहीबार , जेठ १० २०८१
  • images
    'गल्ती नगरेको भए अर्को मन्त्रालयमा गएर देखाउन' रवि लामिछानेलाई शेखरको चुनौती
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई स्वतन्त्र रुपमा काम गर्न नदिएको भन्दै गल्ती नगरेको भए अर्को मन्त्रालयमा जान चुनौती दिएका छन्। 
    बिहीबार नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामिछानेलाई चुनौती दिएका हुन् । 

    ‘प्रहरीलाई स्वतन्त्र भएर काम गर्न दिनुहोस् । सिआइबीलाई काम गर्न दिनुहोस्,’ उनले भने,’ कान्तिपुरलाई तर्साएको र ढाकछोप गरेको हो। मिडिया र पत्रकारमाथि तर्साउने काम भइरहेको छ।’

    images
    images

    प्रहरीले अधिकार छ भन्दै जे पनि गर्न नपाइने उनले उल्लेख गरे। ‘मानिसको इज्जतमाथि प्रहरी प्रशासनले खेल्न पाउँदैन,’ उनले अगाडि भने,’ मानिसको इज्जत हुन्छ । जो मानिसले बदमासी हुन्छ उसलाई केही नगर्ने । जो मानिस भागिरहेको छैन उसलाई बोलाएर बयान लिए हुन्छ ।‘

    कोइरालाले मुलुक निरंकुशता र अधिनायकवादतर्फ गएको जिकिर गरे। ‘देश अधिनायकवाद र निरंकुशतातर्फ अगाडि बढिरहेको सबैले बुझ्नुपर्छ,’ उनको भनाइ छ,’ यो अधिनायकवादको ट्रेलर मात्र हो भनेर हामीले बुझ्न जरुरी छ।‘

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार