मंगलबार, जेठ १ गते २०८१
Logo
मंगलबार, जेठ १ गते २०८१

इलाम र बझाङ दुवै ठाउँमा एमाले र कांग्रेसबीच मात्रै प्रतिस्पर्धा, एमाले अगाडि

इलाम र बझाङ दुवै ठाउँमा एमाले र कांग्रेसबीच मात्रै प्रतिस्पर्धा, एमाले अगाडि

साझा पोष्ट
आइतबार, वैशाख १६ २०८१
  • images
    इलाम र बझाङ दुवै ठाउँमा एमाले र कांग्रेसबीच मात्रै प्रतिस्पर्धा, एमाले अगाडि
    images

    काठमाडौं । इलाम र बझाङमा भएको उपचुनावमा नेकपा एमाले र नेपाली कांग्रेस नै मुख्यमन्त्री प्रतिस्पर्धी देखिएका छन् । नेकपा माओवादी, नयाँ शक्तिका रुपमा देखिएको  राष्टिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मदेवार निकै कमजोर देखिएका छन् ।  दुवै ठाउँमा एमाले र कांग्रेस मध्ये एकले नै जित्ने देखिएको छ ।
    फाकफोकथुम गाउँपालिकाका सबै  ७ वडाको मत गणना सकिँदा नेकपा एमालेका  सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् ।
     निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार एमालेका सुहाङले ४४१३ भोट ल्याउँदा कांग्रेसका डम्बर खड्का ३२५८ मतले पछ्याइरहेका छन् । दुईजनाबीच ११५५ मतको अन्तर छ ।


    images
    images

    स्वततन्त्र उम्मेदवार डकिन्द्र थेगिम ९६३ भोटका साथ तेस्रो स्थानमा छन् । चौथो स्थानमा रहेका रास्वपाका मिलन लिम्बूको ६४५ भोट छ ।
     बझाङ  १ क को प्रदेशसभाका लागि भएको उपनिर्वाचनमा पनि नेकपा एमालेका दमनबहादुर भण्डारीले निरन्तर अग्रता लिएका छन् ।  यो समाचार तयार पार्दासम्म उनले ६०० भन्दा बढी मतको अग्रता बनाएका छन् । 

     खप्तडछान्ना र छबिसपाथिभेरा गाउँपालिकासहित थलारा गाउँपालिका वडा नम्बर ९ को मतगणना सम्पन्न हुँदा एमालेका दमन भण्डारीले ३ हजार ७४८, नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ३ हजार १ सय ८२, माओवादी केन्द्रका जनक बुढाले २ हजार ६, समाजवादीका दिलबहादुर सिंहले १ हजार १४०, राप्रपाका किशोर खड्काले ८५ मत पाएका छन् ।

    गणना भएका १० हजार ४८९ मतमध्ये ३ हजार ७४८ भण्डारीले पाउँदा कांग्रेसका सिंहले ३ हजार १ सय ८२ मत मात्र पाए । मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेसबीचको मतान्तार ५६६ मत छ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार