काठमाडौं । नेपालले वेष्ट इण्डिज ए को सातौं विकेट लिएको छ । सोमपाल कामीले केमो पाउल र आन्द्रे फ्लेचरलाई आउट गरे भने कप्तान रोहित पौडेलले हेडन वाल्सलाई रनआउट गरे । पाहुना टोलीले १३ बल बाँकी छँदा मात्रै ११५ रन बनाएको छ ।
कुशल भुर्तेलले केसी कार्टीलाई कप्तान रोहितकुमार पौडेलबाट क्याच गराएका हुन् । भुर्तेलको व्यक्तिगत यो दोस्रो विकेट हो । स्पिनिरहरुमार्फत नेपालले दबाब बनाईरहेको छ । सागर ढकालले दुई विकेट लिएका छन् ।पाहुना टोलीले ताजा अवस्थामा १७ ओभर खेल्दै ११३ रन बनाएको छ ।