शनिबार, वैशाख २९ गते २०८१
Logo
शनिबार, वैशाख २९ गते २०८१

उपचुनाव: इलाम-२ मा सुरु भयो मतगणना

उपचुनाव: इलाम-२ मा सुरु भयो मतगणना

साझा पोष्ट
आइतबार, वैशाख १६ २०८१
  • images
    उपचुनाव:  इलाम-२ मा सुरु भयो मतगणना
    images

    काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणाना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार गौतम बुद्ध सभागृह (सिटी हल) मा मतगणना सुरु गरिएको छ ।


    images
    images

    फाकफोकथुङ गाउँपालिकामा रहेका केन्द्रका ब्यालेटबक्स खोलेर मतगणना सुरु गरिएको छ । बिहान ११ बजेदेखि सुरु गर्ने भनिए पनि केही ढिला गरी मत गणना सुरु भएको हो ।

    मतगणनाका क्रममा आउनसक्ने समस्या समाधानका लागि सबै दल र स्वतन्त्र उम्मेदवारबीच सहमति भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । इलाम २ मा  ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका छन् ।  

    इलाम-२ मा दलका र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार