आइतबार, वैशाख ३० गते २०८१
Logo
आइतबार, वैशाख ३० गते २०८१

इलाम–२ मा ११ बजेदेखि मतगणना शुरु हुने

इलाम–२ मा ११ बजेदेखि मतगणना शुरु हुने

साझा पोष्ट
आइतबार, वैशाख १६ २०८१
  • images
    इलाम–२ मा ११ बजेदेखि मतगणना शुरु हुने
    images

    काठमाडौं । इलाम–२ मा ११ बजेदेखि मतगणना सुरु हुने भएको छ ।सर्वदलीय बैठकमा ११ बजेदेखि मतगणना गर्ने सहमति भएको हो । 


    images
    images

    मतगणनाका क्रममा आउनसक्ने समस्या समाधानका लागि सबै दल र स्वतन्त्र उम्मेदवारबीच सहमति भएपछि मतगणना सुरु गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । 

    उनका अनुसार निर्वाचन आचारसंहिता र मतगणनासम्बन्धी कार्यविधिमा टेकेर सहमति भएको छ ।  शनिबार राति २ बजेमात्रै मतपेटिका संकलन सकिएको थियो । मतगणना गौतम बुद्ध सभागृह (सिटी हल)  हलमा हुनेछ ।

    इलाम-२ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले मतदान गरेका थिए । यो ६० प्रतिशत हो ।इलाम-२ मा दलका र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार