आइतबार, वैशाख २३ गते २०८१
Logo
आइतबार, वैशाख २३ गते २०८१

सहकारीमा देखिएको समस्या समाधान गर्न आवश्यक कानून बनाउने सरकारको निर्णय

सहकारीमा देखिएको समस्या समाधान गर्न आवश्यक कानून बनाउने सरकारको निर्णय

साझा पोष्ट
बिहीबार , वैशाख १३ २०८१
  • images
    सहकारीमा देखिएको समस्या समाधान गर्न आवश्यक कानून बनाउने सरकारको निर्णय
    images

     काठमाडौं । सरकारले सहकारीहरुमा देखिएको समस्या समाधान गर्न तत्काल आवश्यक कानुन बनाउने निर्णय गरेको छ ।


    images
    images

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सहकारीको समस्या छिटो समाधान गर्न विद्यमान कानुनबाट नहुने निष्कर्ष सहित आवश्यक कानून बनाउने निर्णय गरेको हो । 

    मन्त्रिपरिषद बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  ‘सामान्य, नियमित प्रक्रियाबाट समस्या समाधान हुँदैन भनेर छिटो भन्दा छिटो कानुनी व्यवस्था गर्नुपर्ने देखिएको छ, सहकारी समस्या हल गर्न कानुन र संरचना फास्ट ट्रयाकबाट ल्याउनुपर्ने’ देखिएकोले त्यसै अनुसार निर्णय गरिएको जानकारी दिईन् । 

    देशका ठूला शहरमा रहेका धेरै सहकारीहरुले वचतकर्ताबाट उठाएको वचत फिर्ता गर्न सकेका छैनन् । मन्त्रिपरिषद बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ को उपदफा २३.१ अनुसार पुनरावेदन समितिको अध्यक्ष तोक्ने  निर्णय पनि गरेको छ ।

    यस्तै  देशभरका विभिन्न स्थानमा आगलागी र डढेलोका कारण भइरहेको क्षति न्यून गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन पनि मन्त्रिपरिषद बैठकले निर्देशन दिएको छ । 

    प्रतिक्रिया हरु
    थप समाचार