शनिबार, वैशाख २२ गते २०८१
Logo
शनिबार, वैशाख २२ गते २०८१

काठमाडौं आईपुगे कतारका राजा

काठमाडौं आईपुगे कतारका राजा

साझा पोष्ट
मंगलबार, वैशाख ११ २०८१
  • images
    काठमाडौं आईपुगे कतारका राजा
    images

    काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी  निजी विमानमा दिउँसो ३ः ३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।राष्ट्रपति रामचन्द्र पौडेलले थानीलाई विमानस्थलामा स्वागत गरे । 


    images
    images

    राष्ट्रपति रामचन्द्र पौडेलको निम्तोमा दुई दिने राजकीय भ्रमणका लागि उनी नेपाल आएका हुन् ।आइतबार एसियाली देशहरूको भ्रमणमा निस्केका अमिर अल थानी मंगलबार बंगलादेशबाट नेपाल आएका हुन् ।

    मंगलबार उनले राष्ट्रपति पौडेलसँग  शीतलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि होटल सोल्टीमा उनका लागि राष्ट्रपतिले रात्रीभोजको आयोजना गरेका छन् ।


    भ्रमणको दोस्रो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय भेटवार्ता गरी उनी अपरान्ह कतार फर्किने छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार