शुक्रबार, वैशाख २१ गते २०८१
Logo
शुक्रबार, वैशाख २१ गते २०८१

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि

साझा पोष्ट
शनिबार, वैशाख ८ २०८१
  • images
    एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि
    images

    काठमाडौं । नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि सुरु हुँदैछ ।  ललितपुरको गोदावरीस्थित सनराइज हलमा आजदेखि सुरु हुने बैठक वैशाख १० गतेसम्म चल्नेछ । बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने छन् ।


    images
    images

    एमाले महासचिव शंकर पोखरेलका अनुसार बैठकमा पार्टी अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । 

    बैठकले पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयको निर्क्योल गर्ने महासचिव पोखरेलले बताए । 

    बैठकमा मिसन ग्रासरुट संगठन सुदृढीकरण अभियान र समृद्धिका लागि संकल्प यात्राका रुपमा गरिएको झुलाघाट९चिवाभञ्ज्याङ यात्राको समीक्षा हुनेछ । 

    यसैगरी, आगामी दिनमा वार्षिक कार्ययोजनाहरूलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पनि बैठकमा समीक्षा हुने महासचिव पोखरेलले बताए । बैठकमा २०८१ साललाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्य योजना प्रस्तुत गरिने छ ।

    साथै, एमालेले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५औं वर्ष (हिरक महोत्सव)का उपलक्ष्यमा यही वैशाख १० गते एक विशेष समारोहको आयोजना गरेको छ । समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम  छ ।

    हिरक महोत्सवमा एक जना विशिष्ट व्यक्तिलाई गणतन्त्र गौरव सम्मान प्रदान गरिने एमालेले जनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार