सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

कांग्रेसले भन्यो: राजदूत फिर्ता बोलाउने सरकारको निर्णय पूर्वाग्रही

कांग्रेसले भन्यो: राजदूत फिर्ता बोलाउने सरकारको निर्णय पूर्वाग्रही

साझा पोष्ट
मंगलबार, जेठ २९ २०८१
  • images
    कांग्रेसले भन्यो: राजदूत फिर्ता बोलाउने सरकारको निर्णय पूर्वाग्रही
    images

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विभिन्न देशका राजदूत हटाउने गलत निर्णय गरेको टिप्पणी गरेका छन्।

    मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले राजनीतिक पूर्वाग्रह साँधेर सरकारले भारत, अमेरिकालगायतका देशको हितमा काम गरिरहेका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेर गल्ती गरेको बताए।

    images
    images

    प्रवक्ता महतले सरकारले देशको लागि नभई आफ्नो मान्छे पठाउनका लागि विभिन्न देशको राजदूत फिर्ता बोलाउने निर्णय लिएको आरोप पनि लगाए। सरकारले देशको लागि काम गर्ने नभई आफ्नालाई पठाउन राजदूत फिर्ता बोलाउने निर्णय लिएको उनले टिप्पणी गरे । प्रवक्ता महतले नेपालको हितमा काम गरिरहेका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णय उचित नभएको उनले बताए । 

    , ‘जुनसुकै सरकार भएपनि देशको हितका लागि उहाँहरुले काम गरिरहनुभएको छ। त्यसको बाबदुत यो जसरी गरियो पूर्वाग्रहपूर्ण तरिकाबाट। यो अत्यन्त व्यवसायिक हैसियत राख्ने केही महत्वपूर्ण राजदूतहरु हुनुहुन्छ।’ उनले भने, उहाँहरुले सिर्फ नेपालको हित कसरी हुन्छ ? भनेर काम गरिरहनु भएको छ। उहाँहरुले कुन पार्टीको सरकार भनेर काम गरिरहनुभएको छैन। तापनि यो सरकारको के प्राथमिकता भयो भने मेरो मान्छे पठाउनु पर्‍यो।’


    प्रवक्ता महतले प्रधानमन्त्रीको भारत भ्रमणअघि सो निर्णय लिनु झनै उपयुक्त नभएको पनि बताए । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार