सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

'टेष्ट टिम श्रीलंकालाई हराएर इतिहास रच्ने अवसर छ'

'टेष्ट टिम श्रीलंकालाई हराएर इतिहास रच्ने अवसर छ'

साझा पोष्ट
मंगलबार, जेठ २९ २०८१
  • images
    'टेष्ट टिम श्रीलंकालाई हराएर इतिहास रच्ने अवसर छ'
    images

    दीपेन्द्र कुँवर-
    फ्लोरिडा (अमेरिका) नेपाली राष्ट्रिय क्रिकेट टिमले टि- २० विश्वकपको दोस्रो खेलमा मंगलबार श्रीलंकाको सामना गर्दैछ । नेपाली समयअनुसार खेल बुधबार विहान ५ः१५ बजे अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा खेल शुरु हुनेछ ।

    नेपाल र श्रीलंकाले सिनियर क्रिकेटमा पहिलो पटक एक अर्काको सामना गर्दैछन् । नेपालले एक र  श्रीलंकाले समूहका दुई खेल हारेका छन् । तर दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहित कुमार पौडेलले श्रीलंकाविरुद्धको खेल नेपालका लागि टेस्ट राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसरको रुपमा रहेको बताए । उनले विश्वकपमा अन्य एसोसिएट टोलीले ल्याएको नतिजाले पनि नेपालको मनोबल बढेको प्रतिक्रिया दिए । 

    images
    images

    ‘यदि विश्वकप हेर्छौं भने एसोसिएट टिमले टेस्ट राष्ट्रहरुलाई हराएका छन् । यसले हाम्रो मनोबल बढेको छ । हामी जित निकाल्न सकिन्छ भन्ने विश्वासका साथ नै अघि बढेका छौं ।’ उनले भने,  हामीले यसका लागि २ महिनादेखि विश्वकप लक्षित तयारी गरेका छौं र डेढवर्षदेखि नियमित क्रिकेट खेलेका छौं । प्रदर्शन राम्रो गर्ने हामीमा विश्वास छ ।’

    पौडेलले श्रीलंकाको स्पिनरहरु राम्रो रहेपनि नेपाल तयार रहेको बताए । ‘श्रीलंकामा राम्रा स्पिनर छन् जसले विश्वभर क्रिकेट खेलेका छन् । हामीले त्यो पक्षमा ध्यान दिनुपर्छ । तर सबै २० टोली हेर्दा सन्तुलित नै देखिन्छन् । हामीले भोलि विश्वसामु आफ्नो प्रतिभा देखाउने हो ।’श्रीलंकाको विषयमा बोल्दै रोहितले भने, ‘श्रीलंका टिम राम्रो छ । टी(ट्वेन्टी विश्वकप जितिसकेको टिम हो । कुनै पनि विपक्षीलाई हामी सहज लिँदैनौँ तर जारी विश्वकपमा श्रीलंकाले सोचे जस्तो खेल्न सकिरहेको छैन । ब्याटिङ चलिरहेको छैन । त्यसको फाइदा उठाउँदै बलिङ युनिटले कम स्कोरमा रोकेर चेज गर्न सके इतिहास कोरिनेछ । अहिले सम्म टेस्ट राष्ट्रलाई हराउन सकेको छैन भोलि त्यो दिन हुन सक्छ ।’

    gandaki_1.jpg


    उनले अमेरिकामा भइरहेको विश्वकप खेलमा राम्रो स्कोर नबनेपनि फ्लोरिडामा फरक अवस्था हुने विश्वास व्यक्त गरे ।  ‘न्युयोर्क र डालासमा भन्दा यहाँ फरक पिच छ जस्तो लाग्छ । विकेट पनि राम्रो छ र क्युरेटरसँग छलफलमा पनि यो कुरा भएको थियो । यसअघि वार्म अप खेलमा पनि १ सय ८० को स्कोर बनेको छ । त्यसैले हामी खेलको प्रतिक्षामा छौं । ’ उनले भने ।  ।

    कप्तान पौडेलले नेपालले ओपनर परिवर्तन गर्ने सम्भावना नरहेको बताउँदै मैदानको अवस्था अनुसार टोली छनोट हुने बताए । ‘भोलि पनि वर्षाको सम्भावना छ । अब खेल हुँदा मैदानको अवस्थाले नै टोली छनोटमा निर्णय लिनेछौं । हाललाई भने हामीले ओपनरमा विश्वास कायम राख्ने नै सोच बनाएका छौं,’ उनले थपे ।


    श्रीलंकाले विश्वकपको सुरुवाती दुई खेलमा दक्षिण अफ्रीका र बंगलादेशसँग हार बेहोरेको थियो ।  नेपाल भने नेदरल्यान्ड्ससँग पराजित भएको हो । श्रीलंकाले यो खेल गुमाए विश्वकपबाट बाहिरिनेछ । त्यसैले श्रीलंकाका तीव्र गतिका बलिङ प्रशिक्षक आकिब जावेदले नेपाललाई कमजोर नआँक्ने बताए ।

    ‘विश्वकपका  नतिजा देखिरहेका छौं । सबै टोली उस्तै छन् । हामीले भोलिको खेललाई अर्को एक महत्त्वपूर्ण खेलको रुपमा नै लिएका छौं । नेपालले पनि राम्रो क्रिकेट खेल्छ ।’ उनले भने, ‘हाम्रो बलिङ आक्रमण केही राम्रो छ । हारमा पनि राम्रो प्रदर्शन भएको छ । तर यो विश्वकपमा मैदानको अवस्था बुझेर खेल्न सके मात्र सहज हुन्छ । त्यसैले हामीले भोभोलि त्यो बुझेर आफ्नो रणनीति प्रयोग गर्नुपर्छ ।’  टी–ट्वेन्टी क्रिकेटमा कुनै पनि टिम कमजोर नहुने भन्दै उनले नेपाललाई हल्का रूपमा नलिने बताए । उनले नेपाली समर्थक र नेपालमा क्रिकेटको क्रेजबारे खुलेर प्रशंसा गरे । समर्थक नेपाली टिमको अतिरिक्त शक्ति भएको उनको भनाइ छ । 

    gandaki_1.jpg

    विश्वकपअघि श्रीलंकाले फ्लोरिडामै दुई वार्मअप खेल खेलेको थियो । पहिलो खेलमा नेदरल्यान्ड्ससँग हारेको श्रीलंकाले दोस्रोमा आयरल्यान्डलाई पराजित गरेको थियो । नेपालले भने एकमात्र वार्मअप खेलमा क्यानडासँग हार बेहोरेको थियो ।

    नेपालले यसपछि समूहको अन्तिम दुई खेल भने सेन्ट भिन्सेन्टको आर्नस भेल रंगशालामा खेल्नेछ । प्रतिश जिसीको स्थान सन्दीप लामिछानेले लिईसकेकोले उनी वेस्ट इन्डिज पुगेपछि टोलीमा सामेल हुनेछन् । सन्दीप वेस्टइण्डिजमा छन् । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार