सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

पूर्वपत्नी बलात्कार कसुरमा निलम्बित न्यायाधीश भुवन गिरीलाई ७ वर्ष जेल

पूर्वपत्नी बलात्कार कसुरमा निलम्बित न्यायाधीश भुवन गिरीलाई ७ वर्ष जेल

साझा पोष्ट
मंगलबार, जेठ २९ २०८१
  • images
    पूर्वपत्नी बलात्कार कसुरमा निलम्बित न्यायाधीश भुवन गिरीलाई ७ वर्ष जेल
    images

    काठमाडौं । पूर्वपत्नीलाई बलात्कार गरेको मुद्दामा दोषी ठहर निलम्बित न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद सजायको  फैसला भएको छ। 

    काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार बलात्कार कसुरमा गिरीलाई ७ वर्ष जेल सजाय  सुनाएको हो। 

    images
    images

    साथै उनलाई ३ लाख रुपैयाँ जरिवाना हुने र त्यो रकम क्षतिपूर्तिका रूपमा पीडितले पाउने अदालतले फैसला गरेको छ । सम्बन्ध विच्छेद भइसकेर पनि गिरीले पूर्वश्रीमतीसँग सहमतिबिना शारीरिक सम्बन्ध राखेको भनी मुद्दा परेको थियो।  

    यही जेठ १३ गते न्यायाधीश भुसालकै इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो भने सजायचाहिँ जेठ २८ गते तोकिएको हो। 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार