सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

जोगियो गण्डकी सरकार, पाण्डेले पाए विश्वासको मत

जोगियो गण्डकी सरकार, पाण्डेले पाए विश्वासको मत

साझा पोष्ट
सोमबार, जेठ २८ २०८१
  • images
    जोगियो गण्डकी सरकार, पाण्डेले पाए विश्वासको मत
    images

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले  विश्वासको मत पाएका छन्। उनले  ३१ मत प्राप्त गरे। उनले दोस्रोपटक पाएका हुन् । 

    नेपाली कांग्रेस २७, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा २, स्वतन्त्र सांसद दीपक मनाङे र फणीन्द्र देवकोटासहितको मत पाएपछि मुख्यमन्त्री पाण्डे सरकार जोगाउन सफल भए । 

    images
    images


    माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले फ्लोर क्रस गरेका थिए। 

    देवकोटाले माओवादी केन्द्रको संसदीय दलको ह्विप अस्वीकार गर्दै  मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिए । 
    २७ सांसद रहेका कांग्रेस संसदीय दलका नेता पाण्डेले असम्भव जस्तो मानिएको बहुमत जुटाएका छन्। उनको विपक्षमा  २८ मत परेको छ । 


    देवकोटाले फ्लोर क्रस गरेपछि विपक्षी दल नेकपा एमालेका नेता खगराज अधिकारीसहितले प्रदेशसभा बैठकमा नाराबाजीसमेत गरे।

    त्यस्तै, स्वतन्त्र सांसद दीपक मनाङले पनि प्रतिपक्षी कित्ता फेरे पाण्डेलाई भोट दिएका छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार