सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

वेस्टइण्डिज पुगेर सन्दीपले भने- सपना पुरा गर्न तत्पर छु

वेस्टइण्डिज पुगेर सन्दीपले भने- सपना पुरा गर्न तत्पर छु

साझा पोष्ट
सोमबार, जेठ २८ २०८१
  • images
    वेस्टइण्डिज पुगेर सन्दीपले भने- सपना पुरा गर्न तत्पर छु
    images

    काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू वेस्ट इन्डिज पुगेको जानकारी दिएका हुन् । नेपाल क्रिकेट संघले औपचारिक रुपमा घोषणा गरे लगत्तै उनले आफू वेस्टइण्डिज पुगेको जानकारी दिएका हुन् । 


    मलाई अमेरिकाको भिसा प्राप्त गर्न सहयोग गरेकोमा सर्वप्रथम म नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, र नेपाल क्रिकेट संघ(क्यान) लाई धन्यवाद दिन चाहन्छु तर दुर्भाग्यवश त्यो सफल हुन सकेन,’ उनले भनेका छन्, ‘तर ती सबै कुरालाई पन्छाएर, म अब वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध छु र मेरो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु।’

    images
    images


    उनले क्यानका अध्यक्ष चतुर बहादुर चन्द र सचिव पारस खडुका लगायतलाई धन्यवाद पनि दिएका छन् । उनले थप लेखेका छन्, ‘मेरो सहयात्रालाई सम्भव बनाउनका लागि हाम्रा अध्यक्ष चतुरबहादुर चन्द सर, सचिव तथा मेरो प्यारो पारस खड्का दाइ, मेरो वकिल सरोज घिमिरे दाइ, विनोद दास दाइ र प्रबल दाइ र प्रिय बालकृष्ण दाइलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’


    चतुरबहादुर चन्द र पारस खड्काको छवि धुमिल बनाउने प्रयासबाट आफू दुःखी भएको पनि बताएका छन् । क्यान र नेपाली क्रिकेटको छवि खराब गर्ने प्रोपोगान्डाको पछि नलाग्न पनि उनले अपील गरेका छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार