सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

सन्दीप लामिछाने विश्वकप क्रिकेट खेल्ने, प्रतिशको स्थान लिने

सन्दीप लामिछाने विश्वकप क्रिकेट खेल्ने, प्रतिशको स्थान लिने

साझा पोष्ट
सोमबार, जेठ २८ २०८१
  • images
    सन्दीप लामिछाने विश्वकप क्रिकेट खेल्ने,  प्रतिशको स्थान लिने
    images

    काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका‌ सदस्य सन्दीप लामिछाने टि ट्वेन्टी  विश्वकपमा नेपालले वेस्ट इन्डिजमा खेल्ने अन्तिम दुई खेल खेल्ने भएका छन्।

    नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार विज्ञप्ति जारी गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने खेलमा टोलीमा समावेश गरिने जानकारी दिएको छ। नेपाल  क्रिकेट संघ क्यानका सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् । उनी दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् ।

    images
    images

     विश्वकप क्रिकेट २०२४ का खेलहरु अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । नेपाली राष्ट्रिय टोलीका अरु सदस्यहरु अमेरिका गएर खेलिरहे पनि सन्दीपलाई अमेरिकाले भिसा दिएको थिएन ।

    आईसीसीको समन्वयमा लामिछाने वेष्टइण्डिज जान लागेको क्यानका सचिव खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले प्रतिश जिसीको स्थान लिने छन् ।

    नेपालस्थित अमेरिकी दुतावासले सन्दीपलाई‌ दुवै पटक भिसा दिन अस्विकार गरेपछि सन्दीपले विश्वकप नखेल्ने सम्भावना बढेको थियो। समूह डीमा मा रहेको‌ नेपालले डालासमा नेदरल्याण्ड्ससँगको खेल ६ विकेटले गुमाएको थियो। दोस्रो खेल मंगलबार श्रीलंकासँग फ्लोरिडामा खेल्नेछ।

    Can-Statetment_sandeep.jpg

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार