सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

रोमाञ्चक खेलमा पाकिस्तानमाथि भारतको जित

रोमाञ्चक खेलमा पाकिस्तानमाथि भारतको जित

साझा पोष्ट
सोमबार, जेठ २८ २०८१
  • images
    रोमाञ्चक खेलमा पाकिस्तानमाथि भारतको जित
    images

    काठमाडौं ।   टी–२० विश्वकपको समूह ए अन्तरगतको खेलमा भारतले पाकिस्तानलाई ६ रनले हराएको छ । 

    जितका लागि १ सय २० रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो । टी–२० मा सबैभन्दा कम योगफलको रक्षा गर्ने क्रममा भारतले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्यो । पाकिस्तानको भने यो लगातार दोस्रो हार हो । अन्तिम ओभरमा पाकिस्तानलाई जितका लागि १८ रन चाहिएको थियो, तर भारतका अर्शदीप सिंहले १६ रन मात्रै दिएर टिमलाई जित दिलाए । 

    images
    images

    यसअघि जसप्रित बुमराहले १९ औं ओभर उत्कृष्ट फाल्दै खेल भारतको पक्षमा टर्न गरे ।  १९ औं ओभरमा बुमराहले मात्रै तीन रन दिएर महत्वपूर्ण एक विकेट लिए ।

    त्यसपछि अन्तिम ओभरमा पाकिस्तामनमाथि दबाब भयो । अन्तिम ओभरमा पनि अर्शदीपले एक विकेट लिए । एक समय १२ ओभर २ बलमा तीन विकेट गुमाउँदै ७३ रनको अवस्थामा रहेको पाकिस्तान मोहम्मद रिजवानको विकेट पतन भएसँगै दबाबमा पर्यो । रिजवान १४ ओभर १ बलमा ८० रन बनेको अवस्थामा चौथो विकेटका रुपमा आउट भए । त्यसपछि पाकिस्तानले लय गुमाउँदै गयो र रन बनेन् ।

    पाकिस्तानका लागि मोहम्मद रिजावनले सर्वाधिक ३१ रन बनाए । उनले ४४ बलमा १ चौका र १ छक्का प्रहार गरे । इमाद वसिमले २३ बलमा १५ रन जोडे भने कप्तान बाबर आजम, उसमान खान र फखर जमानले १३–१३ रनको योगदान दिए ।

    भारतका लागि प्लेयर अफ द म्याच जसप्रित बुमराहले ३ तथा हार्दिक पाण्ड्याले २ विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै विकेटको क्षतिमा १ सय १९ रन बनाएको थियोे ।

    bunrah.jfif

    खेलमा भारतले खराब सुरुवात गरेको थियो । मात्र १२ रन बनाउँदा विराट कोहली आउट भएका थिए भने १९ रनमा भारतले कप्तान रोहित शर्मालाई गुमाएको थियो । 

    कोहलीले ४ रन मात्र बनाउन सके भने शर्माले १२ बलमा १३ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरे ।त्यसपछि ऋषभ पन्त र अक्षर पटेलले भारतको इनिङ्स सम्हाले । दुईले मिलेर ३० बलमा ३९ रन जोडे । पन्तले टोलीका लागि सर्वाधिक ४२ रन बनाए । ३१ बलको सामना गर्दै उनले ६ चौका हिर्काए । 

    अक्षर पटेलले १८ बलमा २० रन जोडे । उनले २ चौका र १ छक्का प्रहार गरे । पन्तले त्यसपछि सूर्यकुमार यादवसँग २२ बलमा ३१ रनको साझेदारी गरे । तर, त्यसपछि भारतले लगातार विकेट गुमायो   ।

    पाकिस्तानका लागि नसिम शाह र ह्यारिस राउफले ३–३ विकेट लिए । ४ ओभर बलिङ  गर्दै शाहले २१ रन मात्र खर्चिए । त्यस्तै, राउफले ३ ओभर बलिङ गर्दै २१ रन दिए । मोहम्मद आमिरले २ विकेट हात पारे । भारत २ जितका साथ समूहको शीर्ष स्थानमा छ । अमेरिकाको पनि समान ४ अंक छ तर रन रेटका आधारमा भारतपछि दोस्रो स्थानमा छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार