सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

नेपाली सेनाका अमल्दारले गरे श्रीमतीको हत्या

नेपाली सेनाका अमल्दारले गरे श्रीमतीको हत्या

साझा पोष्ट
शुक्रबार, जेठ २५ २०८१
  • images
    नेपाली सेनाका अमल्दारले गरे श्रीमतीको हत्या
    images

    बुटवल ।  दाङमा नेपाली सेनाका एक अमलदारले श्रीमतीको हत्या गरेका छन् । शुक्रबार बिहान ८ बजे जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ डुम्रीगाउँस्थित घरको कोठामै सेनाका अमल्दार ३६ वर्षीय शालिकराम बुढाथोकीले श्रीमतीको टीका बुढाथोकीको हत्या गरेका हुन् ।

    हत्या गरी फरार कपुरकोट ६ सल्यान घर भई नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरत अमल्दार बुढाथोकीलाई तुलसीपुर बाहिनी चोकबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

    images
    images

    शान्तिसेनाबाट फर्किएर घर बिदामा आएका बुढाथोकीले श्रीमतीलाई बिहान परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटाएपछि खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

    शालिकरामले श्रीमतीका साथमा फेला परेका नेपाली सेनाका जवान आर्यन थापालाई समेत खुकुरी प्रहार गरेका थिए। थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको छ । उनको अवस्था पनि गम्भीर भएको प्रहरीले जनाएको छ ।खुकुरी प्रहार गर्ने शालिकराम इप्रका तुलसीपुरको नियन्त्रणमा छन् ।

    पक्राउ परेका बुढाथोकीले श्रीमतीको हत्या गरेको स्वीकार गरिसकेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार