सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

कोलकाता बन्यो तेस्रो पटक आईपीएल च्याम्पियन

कोलकाता बन्यो तेस्रो पटक आईपीएल च्याम्पियन

साझा पोष्ट
आइतबार, जेठ १३ २०८१
  • images
    कोलकाता बन्यो तेस्रो पटक आईपीएल  च्याम्पियन
    images

    काठमाडौं  सनराइजर्स हैदरावादलाई आठ विकेटले हराउँदै कोलकाता नाइट राइडर्सले १० वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । कोलकाताको यो तेस्रो उपाधि हो । 


    पछिल्लो पटक कोलकाताले सन् २०१४ र पहिलो पटक सन् २०१२  आईपीएल उपाधि जितेको थियो।तेस्रो उपाधि जित्नेक्रममा हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

    images
    images

    कोलकाताका वेंकटेश अय्यरले नटआउट रहँदै सर्वाधिक ५२ रन बनाए। २६ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे। 

    रहमानउल्लाह गुरबाज ३९ र सुनील नारायण ६ रनमा आउट हुँदा कप्तान श्रेयस अय्यर ६ रनमा नटआउट रहे। हैदरावादका प्याट कमिन्स र शाहबाज अहमदले १–१ विकेट लिए। त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ गरेको  हैदरावादले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको थियो। 

    हैदरावादका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए। १९ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे। एडन मारक्रम २०, हेनरिक क्लासेन १६ र नितीशकुमार रेड्डी १३ रनमा आउट भए। कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ३ विकेट लिए। २.३ ओभर बलिङ गरेका उनले १९ रन खर्चिए।

    मिचल स्टार्क र हर्षित राणाले २–२ विकेट लिए। यस्तै, वैभव अरोडा, सुनील नारायण र वरुण चक्रवर्तीको नाममा १–१ विकेट लिए।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार