सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

बुढानीलकण्ठका मेयरलाई १ महिना कैद सजाय

बुढानीलकण्ठका मेयरलाई १ महिना कैद सजाय

साझा पोष्ट
आइतबार, जेठ १३ २०८१
  • images
    बुढानीलकण्ठका मेयरलाई १ महिना कैद सजाय
    images

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई १ महिना कैद सजाय सुनाएको छ ।
    अदालतले चलन चलाइदिनू भनेको जग्गासमेत नगरपालिकाले आफ्नो कब्जामा राखिराखेको भन्दै न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले यसलाई अदालतको अवहेलना ठहर गर्दै सजाय सुनाएको हो । 

    अदालतको अवहेलनामा मेयर अधिकारीसँगै वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नं १० का वडासदस्य चन्द्रमान श्रेष्ठलाई १ महिना कैदको आदेश सुनाइएको हो ।

    images
    images

    उनीहरुलाई मुलुकी देवानी संहिताको दफा २६८ को १६ अनुसार सजाय गरिएको अदालतको आदेशमा उल्लेख छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार