सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

सहकारी ठगीको छानबिन हुनुपर्ने मागसहित कांग्रेस सडकमा

सहकारी ठगीको छानबिन हुनुपर्ने मागसहित कांग्रेस सडकमा

साझा पोष्ट
आइतबार, जेठ १३ २०८१
  • images
    सहकारी ठगीको छानबिन हुनुपर्ने मागसहित कांग्रेस सडकमा
    images

    काठमाडौं । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनबारे छानबिनको माग गर्दै  आइतबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

    सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन, सहकारीको वचत फिर्ता लगायतका विभिन्न माग राखेर कांग्रेसले काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा प्रदर्शन गरेको हो ।

    images
    images

    प्रदर्शनी मार्गमा भेला हुनुअघि कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शनीमार्ग नजिकका विभिन्न ठाउँबाट र्‍याली निकालेका थिए । सहकारीको वचत रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन हुनुपर्ने अडान राख्दै संसदमा समेत अवरोध गरिरहेको कांग्रेस अब सडकमा उत्रिएकोे हो ।

    त्यस्तै गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दा कांग्रेस नेताहरुमाथि विभिन्न आरोप लगाएको भन्दै ती विषयमा छानबिन गर्न पनि कांग्रेसले माग गरेको छ ।प्रदर्शनमा कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, रमेश लेखकलगायतका नेताहरु सहभागी भए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार