सोमबार, असार ११ गते २०८१
Logo
सोमबार, असार ११ गते २०८१
images

विश्वकपका लागि नेपालले गर्‍यो सुपर ओभरको अभ्यास

विश्वकपका लागि नेपालले गर्‍यो सुपर ओभरको अभ्यास

साझा पोष्ट
शनिबार, जेठ १२ २०८१
  • images
    विश्वकपका लागि नेपालले गर्‍यो सुपर ओभरको अभ्यास
    images

    काठमाडौं । अमेरिकाको ह्यूस्टनमा रहेको नेपाली क्रिकेट टिमले अभ्यास खेलमा ह्यूस्टन हरिकेन्सलाई ६ रनले हरायो । १४६ रनको योगफल नेपालले डिफेन्ड गर्दै घरेलु टोलीलाई १४० रनमा सीमित गरेर जित हासिल गर्यो । जितपछि नेपाल र ह्युस्टन हरिकेन्सका दुवै खेलाडीले हात मिलाउँदै पेभेलिएन फर्केका थिए । समर्थक पनि मैदान छोडिरहेका थिए ।   तर, केही समयपछि एकाएक अकएै दृश्य देखियो  ।  नेपाली खेलाडी पुनः फिल्डिङ र ह्युस्टनका  इमरान खान र जोश ट्रम्पब्याट बोकेर  ब्याटिङका लागि मैदान आए । 

    किनकी सुपर ओभरको पनि अभ्यास हुँदै थियो । नेपालले सुपर ओभरका लागि तीब्र गतिका बलर अभिनाश बोहरालाई उतार्यो । 

    images
    images

    सुपर ओभरमा उनले १५ रन खर्चिए । नेपालले १६ रनको लक्ष्य  दुई बल अगाडि नै पूरा गर्यो  । सुपर ओभरमा कुशल भुर्तेल र कुशल मल्ल आएका थिए । तर कुशल भूर्तेलले बल नै खेल्नु परेन, सबै काम  कुशल मल्लले तमाम गरिदिए । पहिलो र दोस्रो बलमा लगातार मल्लले छक्का हाने ।  तेस्रो बल डट भयो । चौथो बल एज लागेर चौका गयो र नेपालले सुपर ओभर पनि नेपालले जित्यो । 

    सुपर ओभर भने नेपालले आगामी टी–२० विश्वकपलाई ध्यानमा राख्दै अभ्यास गर्न गरेको हो । र, त्यसका लागि तीव्र गतिका बलर अभिनाश बोहरालाई परिक्षण गर्यो । अभिनाशले पहिलो बल वाईड फाले । दोस्रो बलमा उनले २ रन दिए । तेस्रो बलमा १ रन दिए भने चौथो बलमा ह्युस्टन हरिकेन्सले बाईका रुपमा चार रन पायो ।  पाँचौ बलमा जोश ट्रम्पले चौका हाने र छैटौं बलमा उनले नै २ रन लिए ।  अन्तिम बल राम्रो फाल्दै अभिनाशले मात्रै १ रन दिए । 

    ‘आजको सुपर ओभर अभ्यास मात्रै हो । किनभने त्यो दिन भोलिको दिनमा आउन सक्छ ।’  नेपालका सहायक प्रशिक्षक वसन्त शाहीले खेलपछि पत्रकारसित भने, त्यसैले सुपर ओभर गरेर हेरौं भनेर खेलेका हौं ।’ ’ 

    नेपालले गत नोभेम्बरमा आईसीसी टी२० विश्वकप एसिया क्वालिफायर फाइनलमा ओमानसँग सुपर ओभरमा हारेको थियो । सुपर ओभरमा अभिनाश बोहराले ३ छक्कासहित कुल २१ रन खर्चेका थिए । त्यसैले  नेपालले सुपर ओभरमा पनि तयारी गरेको हो । र, जसमा नेपालले अभिनाशलाई रोजेको छ । 

    ‘सुपर ओभरको प्रमुख बलर अभिनाश नै हो । तर कुनैदिन खेलमा फरक योजना पनि हुनसक्छ । अरु कोही बलर पनि निस्किन सक्छ’, शाहीले भने, तर अहिलेका लागि अभिनाशनै हो । ’ 

    आईसीसी टी-२० विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइन्डिजमा हुनेछ । नेपालले ह्युस्टनसँग शनिबार दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्नेछ । त्यसपछि डालासजानेछ । डालासमा नेपालले  आईसीसीको दुई आधिकारिक वार्मअप खेल क्यानडासँग २७ मे र ३० मेमा अमेरिकासँग खेल्नेछ ।

    नेपालको समूह डी मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् । नेपालले डालासमा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालको लक्ष्य शीर्ष दुईमा रहँदै सुपर ८ खेल्नेछ । सुपर ८ मा पुग्न नेपालले कम्तिमा दुई खेलमा जित आवश्यक  छ । सन् २०१४ मा दुई खेल जितेको नेपाल रन रेटका आधारमा दोस्रो चरणमा जानबाट असफल भएको थियो । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार